गाेरखा । नेपाल राष्ट्र बैंकले बुधबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६८ पैसा कायम भएको छ ।
युरोपियन युरो १ को खरिददर १७७ रुपैयाँ ९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७९ पैसा, बेलायती पाउण्ड स्टर्लिङ १ को खरिददर २०५ रुपैयाँ २४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५ पैसा तथा स्वीस फ्राङ्क १ को खरिददर १९४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९५ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ३ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर १ को खरिददर ११० रुपैयाँ १० पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११९ रुपैयाँ ६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५३ कायम गरिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९ रुपैयाँ ६१ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा तथा साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ ५३ र बिक्रीदर ४० रुपैयाँ ६९ पैसा रहेको छ ।
कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८८ पैसा, थाई भाट १ को खरिददर ४ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४ रुपैयाँ ७० पैसा तथा यूएई दिर्हाम १ को खरिददर ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर ४१ रुपैयाँ ५७ पैसा तोकिएको छ ।
मलेसियन रिङ्गिट १ को खरिददर ३८ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा, दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ ४ पैसा र बिक्रीदर १० रुपैयाँ ८ पैसा, स्विडिस क्रोनर १ को खरिददर १६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६ रुपैयाँ ४६ पैसा तथा डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ७० पैसा र बिक्रीदर २३ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार हङकङ डलर १ को खरिददर १९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १९ रुपैयाँ ४९ पैसा, कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ८२ पैसा, बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ४० पैसा र बिक्रीदर ४०४ रुपैयाँ ९९ पैसा तथा ओमानी रियाल १ को खरिददर ३९५ रुपैयाँ १ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ५७ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



