गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ घटेकाे छ ।
हिजाे ताेलामा १ हजार ९०० रुपैयाँले बढेकाे सुन साताकाे तेस्राे दिन मंगलबार १ हजार ३०० रुपैयाँले घटेर ताेलाकाे २ लाख ९१ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
हिजाे सुन ताेलाकाे २ लाख ९२ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि घटेकाे छ । हिजाे चाँदी ताेलामा १४० रुपैयाँले बढेकाे भएता पनि आज ताेलामा ९० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा कारोबार भएको छ ।
हिजाे चाँदी ताेलाकाे ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियाे ।



