गाेरखा । साताकाे पहिलाे दिन आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन ताेलामा १ हजार ९०० रुपैयाँले बढेर २ लाख ९२ हजार ८०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
हिजाे सुन ताेलाकाे २ लाख ९० हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी ताेलामा १४० रुपैयाँले बढेर ५ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।
हिजाे चाँदी ताेलाकाे ५ हजार १० रुपैयाँमा कारोबार भएको थियाे ।



