गाेरखा । साताकाे पहिलाे दिन आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा २ हजार ८०० रुपैयाँले घटेर २ लाख ९० हजार ९०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन गएकाे शुक्रबार ताेलाकाे २ लाख ९३ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी ताेलामा १०५ रुपैयाँले घटेर ५ हजार १० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी गएकाे शुक्रबार ताेलाकाे ५ हजार ११५ रुपैयाँमा कारोबार भएको थियाे ।



