गाेरखा । साताकाे पाँचाै दिन बिहीबार आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन ताेलामा १ हजार ८०० रुपैयाँले बढेर २ लाख ९३ हजार ८०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९२ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी ताेलामा ९० रुपैयाँले बढेर ५ हजार ५० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियाे ।



