गाेरखा । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु र नेपाल नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागमा साधरणतया बादल लागेको छ । बाँकी भागमा आंशिक बादल लागेको छ ।
बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू साथै कोशी प्रदेशको १-२ स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेश लगायत देशका हिमाली र पहाडी भागमा साधरणतया बादल लाग्नेछ र तराईमा आंशिक बादल लाग्नेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, बाँकी हिमाली र पहाडी भागका केही स्थानहरूमा तथा बाँकी तराईका १-२ स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएकाे छ ।
कोशी र मधेस प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागको केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



