साँकेतिक तस्बिर
गाेरखा । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी भएको छ । सो आगलागीमा परी ६ परिवारको वटा १२ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगोले निजको २ वटा घर र १ गाईगोठ, छिमेकी जुगाइ यादवको २ वटा घर र १ गोठ, अनिल यादवको २ वटा घर १ गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको १-१ वटा घर गरी ९ घर र ३ वटा गाईगोठसमेत १२ वटा घर पूर्ण रुपले जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचरलगायत नगदसहित करिब ४५ लाखभन्दा बढीको धनमालको नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।
हनुमाननगर कङ्कालिनी नगरपालिका, मधेस–प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारुण यन्त्र र स्थानीयवासीका सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।



