गाेरखा । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवसकाे अवसरमा सार्वजनिक बिदा दिएकाे छ ।
प्रदेश सरकारले २०८१ सालदेखि वैशाख २४ गतेका दिन प्रदेश भाषा दिवस मनाउन शुरु गरेको दिन पारेर बिदा दिएकाे हाे ।
प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार प्रदेश सरकारले प्रदेश भाषा दिवस मनाउन थालेको हो । दिवसकाे अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ ।
यो ऐन, २०८० साल कात्तिक २३ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । बागमती प्रदेशमा नेपाली भाषा बाहेक सरकारी कामकाजको भाषाका रूपमा सिफारिस गरिएका प्रमुख भाषाहरूमा तामाङ र नेपाल भाषा रहेका छन् ।



