गाेरखा। रोल्पामा आज भएको जिप दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् ।
रुकुम पूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट ८०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरिक्षक वीरेन्द्र वीर विश्वकर्मा नेतृत्वको टोली दुर्घटनास्थलमा उद्धारका लागि खटिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार १७ जनाको घटनास्थलमा नै ज्यान गएको हो ।
लु १ ज ४१६७ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो । जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जानेहरूलाई लिएर उक्त जिप त्यसतर्फ जाँदै थियो ।



