गाेरखा । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर बादल लागेको छ ।
आज दिउँसो देशभर साधारणता बादल लाग्नेछ । कोशी र मधेस प्रदेश लगायत देशको हिमाली र पहाडी भागका केही स्थानहरूमा तथा तराई भागका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति देशको हिमाली भागमा साधारणता बादल लाग्ने र पहाडी र तराई भागमा आंशिक बादल लाग्नेछ ।
कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली र पहाडी भागका केही स्थानहरूमा तथा बाँकी भागको थोरै स्थानहरूमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



