गाेरखा । सरकारले सार्वजनिक यातायातको भाडा फेरि वृद्धि गरेको छ ।
यातायात व्यवस्था विभागले हिजो मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५ प्रतिशत भाडा वृद्धि गरिएको हाे ।
विभागका निर्देशक मणि भुसालका अनुसार अन्तर प्रदेशस्तरीय भाडा ५ प्रतिशत वृद्धि गरिएकाे छ ।
उनका अनुसार यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।



