गाेरखा । आज देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ । नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले छ ।
आज गण्डकी र काेशी प्रदेशका केही स्थानमा भारी बर्षाकाे सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागमा बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भागमा साधारणतया बादल लाग्नेछ ।
मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने तथा बेलुकापछि हावाहुरी चल्ने सम्भावना भएका क्षेत्रमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने अनुमान गरिएको छ ।
भोलिदेखि मौसममा क्रमिक सुधार आउने महाशाखाले जनाएकाे छ ।



