गाेरखा । व्यवसायी शेखर गोल्छालाई थप ३ दिन हिरासतमा राख्न काठमाडाैँ जिल्ला अदालतले अनुमति दिएको छ ।
दण्डपाणी लामिछानेको इजलासले सोमबार गोल्छालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष गोल्छालाई गत वैशाख १० गते धितोपत्र सम्बन्धी ऐन २०६३ अन्तर्गतको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको थियो ।



