×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

आजकाे माैसम : लुम्बिनी र सुदूरपश्चिममा तापक्रम बढने भएपछी सतर्क रहन चेतावनी

  •  गोरखा समाचार
  • शनिबार, बैशाख १२, २०८३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । यसकै कारण गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा बादल लाग्नुका साथै केही स्थानमा वर्षा र हिमपात भइरहेको छ ।

    देशको दक्षिणी भेग भने प्रचण्ड गर्मी बढेको छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा आगामी ३ दिनसम्म मध्यम खालको तातो लहर अर्थात् ‘हिट वेभ’ चल्ने देखिएकाले मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

    महाशाखाको विश्लेषण अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्ने अनुमान छ ।

    यसबाट कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, सुर्खेत, दाङ, कपिलवस्तु र रुपन्देही लगायतका जिल्लाहरू बढी प्रभावित हुने देखिन्छ । यी क्षेत्रका बासिन्दाले तातो हावाका कारण थकान, कमजोरी, बढी तिर्खा लाग्ने, टाउको दुख्ने र चक्कर आउने जस्ता स्वास्थ्य समस्या भोग्नुपर्ने हुनसक्छ। कतिपय अवस्थामा बेहोस हुने र मांसपेशी दुख्ने समस्या समेत देखिने भएकाले स्वास्थ्यप्रति विशेष ध्यान दिन जरुरी छ ।

    गर्मीको यो जोखिमबाट बच्न दिउँसोको चर्को घाममा बाहिर ननिस्कन र घरभित्रै चिसो स्थानमा बस्न सुझाव दिइएको छ । बाहिर निस्कनै परे टाउको छोप्ने, टोपी लगाउने र हल्का सुतीका कपडा प्रयोग गर्नु बुद्धिमानी हुनेछ ।

    शरीरमा पानीको मात्रा कम हुन नदिन पटक-पटक पानी, जुस वा सर्वत जस्ता झोल पदार्थ पिउनु आवश्यक छ । यदि स्वास्थ्यमा कुनै पनि असामान्य समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीसँग सल्लाह लिन समेत महाशाखाले अनुरोध गरेको छ ।

    आउँदो साताको सुरुदेखि मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षाको गतिविधि बढ्ने सम्भावना छ । यसले गर्दा ती क्षेत्रको तापक्रममा सामान्य गिरावट आउने र वायु प्रदूषण तथा तुवाँलोको अवस्थामा पनि सुधार हुने अपेक्षा गरिएको छ ।

    शनिबार कोशी, बागमती र गण्डकीका पहाडी भेगमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेकाले पहाडी भेगमा भने गर्मीबाट केही राहत मिल्ने देखिन्छ । तर, लुम्बिनी र सुदूरपश्चिमका तराई, उपत्यका र खोँचहरूमा भने अझै केही दिन तातो दिन कायमै रहने भएकाले सावधानी अपनाउनु पर्नेछ ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    शनिबार, बैशाख १२, २०८३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.