गाेरखा । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले राजधानीकाे थापाथली क्षेत्रमा रहेकाे सुकुमबासी बस्ती खाली गराउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
हिजाे बुधबार आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसहितका उच्च सुरक्षा अधिकृतहरूलाई बोलाएर शाहले उक्त निर्देशन दिएका हुन् ।
आउँदो आइतबार सम्ममा बागमति खोला किनारको बस्ती खाली गराउन प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको १ जना उच्च सुरक्षा अधिकृतले बताए ।
प्रधानमन्त्री शाह काठमाडौँ महानगरको मेयर हुँदा पनि सुकुमबासी बस्ती हटाउने प्रयास गरेका थिए । त्यसबेला सुकुमबासीहरुले गरेको प्रतिवादका कारण महानगरको प्रयास बिफल भएको थियो ।



