गाेरखा । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको हिमाली भागमा साधरणतया बादल लागेको छ ।
कोशी प्रदेशको पहाडी भागमा आंशिक बादल लागेको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भागमा साधरणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली भागका साथै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बादल लाग्नेछ ।
कोशी प्रदेशको हिमाली र पहाडी भागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ ।
आज राति कोशी प्रदेशको हिमाली र पहाडी भागलगायत बागमती र गण्डकी प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



