गाेरखा । आज कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेशको पहाडी र हिमाली तथा बागमती र गण्डकी प्रदेशको हिमाली भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज दिउँसो कोशी प्रदेशको पहाडी भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भागमा बादल लाग्ने महाशाखाले जनाएको जनाएको छ ।
बाँकी प्रदेशको पहाडी र हिमाली भागमा आंशिक बादल लाग्ने भए पनि तराइमा मौसम सफा रहने विभागले जनाएको छ । साथै आज राति कोशी र गण्डकी प्रदेशको हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।



