गाेरखा । रोल्पामा भिरबाट लडेका १ जना युवकको ज्यान गएको छ ।
त्रिवेणी गाउँपालिका वडा-२ नुवागाँउका २२ वर्षीय देशकुमार बाँठामगरको शनिबार साँझ भिरबाट लडेर ज्यान गएको राेल्पा प्रहरीले पुष्टी गरेकाे हो ।
जुँगारदेखि नुवागाउँ घरतर्फ जाने क्रममा लडेर उनकाे ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
रयालेस्थित बाटोदेखि करिब ६० मिटर तल खोलामा लड्न गएर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक एवंसूचना अधिकारी सुनिल थापा नेपालीले जानकारी दिए ।



