गाेरखा । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशका पहाडी तथा हिमाली भागमा साधरणतया बादल लागेको छ भने तराई भागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भागमा साधरणतया बादल लाग्ने, कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराईमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशको पहाडी र हिमाली भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेशको पहाडी र हिमाली भागमा साधरणतया बादल लाग्ने तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भागको केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।




















