गाेरखा । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही चैत २७ गते शुक्रबार हुने भएको छ ।
सभामुख डीपी अर्यालले आज प्रतिनिधिसभा बैठकबाट उपसभामुख निर्वाचनको मिति तोकेका हुन् ।
उनले उपसभामुख पदको निर्वाचनको कार्यक्रमसम्बन्धी सूचना आजै प्रकाशन गर्न प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई निर्देशन समेत दिएका छन् ।



