गाेरखा । सरकारले सार्वजनिक यातायातको भाडा दर बढाउने तयारी गरेको छ ।
इन्धनको मूल्यमा भएको वृद्धिसँगै भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागलाई भाडा समायोजन गर्न सहमति दिएको हो ।
इन्धनको मूल्यमा भएको वृद्धिकै अनुपातमा यात्रुबहाक सवारीसाधनको हकमा १६.७१ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीको २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवहाक सवारीको हकमा १५.७५ प्रतिशत भाडा वृद्धि गर्न लागिएकाे छ ।




















