गाेरखा । सम्पत्ति शुद्धीकरण अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अन्सन्धान ब्युरो (सीआईबी) ले व्यवसायी भट्टलाई काठमाडौंबाट पक्राउ गरेको हाे ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले व्यवसायी भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो ।
विभागले गत सोमबार अध्यागमन विभागलाई पत्रचार गरेर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो ।



