गाेरखा । मकवानपुरमा चट्याङ लागेर १ जनाकाे ज्यान गएकाे छ भने अर्का १ जना घाइते भएका छन् ।
जिल्लाको बागमती गाउँपालिकामा– १ भैसेमा १ जनाको ज्यान गएको छ भने अर्का १ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुष्कर बोगटीका अनुसार ३२ वर्षीय अजय पहरीको ज्यान गएको हो ।
चट्याङ लागेर घाइते भएका सोही स्थानका ३७ वर्षीय उज्ज्वल थोकरको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।



