गाेरखा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षासहित हिमपात भइरहेको छ ।
आज दिउँसो देशका पहाडी र हिमाली भागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी र हिमाली भागकाे केही स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।
आज राति कोशी, बागमती,गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भाग तथा बाँकी प्रदेशका हिमाली भागमा साधरणतया बादल लाग्नेछ । बाँकी पहाडी भागमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएकाे छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भाग तथा बागमती प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



