गाेरखा । राजधानीको त्रिचन्द्र क्याम्पस अगाडिको एउटा रेस्टुरेन्टमा आगलागी भएको छ । घन्टाघर नजिकै रहेको थकाली रेस्टुरेन्टमा शनिबार दिउँसो आगलागी भएको हो ।
भवनको माथिल्लो तलामा आगलागी भएको प्रहरीले जनाएको छ । आगो निभाउन दमकल र सुरक्षाकर्मीहरू परिचालन गरिएको प्रहरीले जनाएको छ ।
आगलागी के कारणले सुरू भएको भन्ने पनि खुलेको छैन ।



