गाेरखा । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन) को प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त भएका छन् ।
शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता समेत रहेका बालेनले आफ्नो सचिवालय टिम बनाएका हुन् ।
उनको राजनीतिक सल्लाहकारमा असिम शाह, प्रधानमन्त्री शाहको मुख्य स्वकीय सचिवमा सुवाश शर्मा नियुक्त भएका छन् ।
प्रधानमन्त्रीको प्रशासन प्रमुखमा सुदिप ढकाल, सूचना, सञ्चार तथा प्रविधि संयोजकमा विवेक मिश्र र निजी सचिवालयको जिम्मेवारी सहसचिव प्रदीप परियारले पाएका छन् ।
बाँकी नियुक्ति पनि गरिने बताइएकाे छ ।



