गाेरखा । शुक्रबार साँझको रोशी खोलामा आएको बाढीले बगाएर डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गत कार्यरत १ जना सरकारी कर्मचारीको ज्यान गएको छ।
ज्यान गुमाउनेमा रोशी गाउँपालिका–७ का अन्दाजी ४० वर्षका कुन्साङ तामाङ भएको इलाका प्रहरी कार्यालय मङ्गलटारले पुष्टी गरेकाे हाे ।
सुपरभाइजर तामाङ रातको समयमा स्थायी रूपमा निर्माणाधीन विपी राजमार्गमा काम गर्ने व्यक्ति भएको प्रहरीले जानकारी दिउकाे छ ।
राति मोटरसाइकलमा सवार २ जना खोला तर्न लाग्दा माेटरिाइकल बगाएपछि मोटरसाइकल छाडेर नजिकको स्काभेटरमा चढेको र उनीहरूलाई जोगाउन जाँदा तामाङलाई बाढीले बगाएको थियो । खाेलामा आएकाे बाढीले १ मोटरसाइकल र १ इलेक्ट्रिक गाडी बगाएको प्रहरीले जनाएको छ ।



