×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २१ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २२ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

दाउन्ने दुर्घटना : ३ जनाकाे ज्यान गयाे, १६ जना घाईते

  •  गोरखा समाचार
  • शनिबार, चैत १४, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गाेरखा । नवलपुरको दाउन्ने सडक अन्तरर्गत रहेकाे घिउ खोलास्थित पूर्व-पश्चिम राजमार्गमा गएराति सवारी दुर्घटना भएको छ । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ट्रकले सोही दिशाबाट आउँदै गरेका बस र पिकअप गाडीलाई ठक्कर दिँदा ३ जनाको ज्यान गएकाे छ भने उद्धारमा खटिएका एक जना प्रहरीसहित १६ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार राति अन्दाजी १२:४० बजेको समयमा ना ७ ख ९३९८ नम्बरको ट्रकले लु २ ख २३५१ नम्बरको बस र ना ५ च २२७५ नम्बरको पिकअपलाई ठक्कर दिएको थियो । ठक्करपछि पिकअप सडकको छेउमै रोकिएको थियो भने बस र ट्रक सडकबाट करिब २०० मिटर तल खसेकाे छ ।

    दुर्घटनामा ज्यान गुमाउने सबै पुरुष हुन् । ज्यान गुमाउनेमा रोल्पाको बागमारा बस्ने अन्दाजी २५ वर्षका गोबिन बुढा रहेका छन्। अन्य २ जना अन्दाजी २५–२६ र २८–३० वर्षका पुरुषको भने नाम, थर र ठेगाना खुल्न सकेको छैन ।

    मृतकहरूको शव जिल्ला अस्पताल परासीमा राखिएको प्रहरीले जानकारी दिउकाे छ ।

    दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय बर्दघाट र जिल्ला ट्राफिक प्रहरीबाट ५२ जनाको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो । अँध्यारो र भिरालो ठाउँमा उद्धार गर्ने क्रममा चिप्लिएर लड्दा इलाका प्रहरी कार्यालय बर्दघाटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कमल प्रसाद आचार्यसमेत घाइते भएका छन् । उनलाई उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल लगिएकाे छ ।

    घाइतेहरूको चिसापानी अस्पतालमा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल पठाइएको छ। बुटवलमा उपचाररत घाइतेहरूमा बसमा सवार रोल्पाका मरिचमान घर्तीमगर, बस चालक हिमाल घर्तीमगर, किरण पुन मगर, सुशिला नेपाली, मोतिलाल डाँगी, झुप बहादुर घर्ती र तिर्थ बहादुर पुन रहेका छन् ।

    यसैगरी कञ्चनपुरका लोकराज ओझा, बर्दियाका ट्रक चालक सागर चौधरी र जीवन चौधरी, काठमाडौँकी लक्ष्मी खत्री, दाङका खिम बहादुर नेपाली र अन्दाजी २५ वर्षकी पहिचान नखुलेकी एक महिलाको पनि बुटवलमै उपचार भइरहेको छ । पहिचान नखुलेकी ती महिलाको अवस्था गम्भीर छ भने अन्यको अवस्था मध्यम छ ।

    त्यस्तै, पिकअप चालक चितवनका आषिक गुरुङ र चितवनकै विशाल चेपाङको चिसापानी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान जारी  छ।

    लेखकबाट थप:

    • गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    शनिबार, चैत १४, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.