गाेरखा । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सपथ लिए लगत्तै उनका मन्त्रीहरूले समेत शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
केही बेर अगाडी मात्रै प्रधानमन्त्री शाहले पनि शपथ लिएका थिए ।
शपथ ग्रहण कार्यक्रमका लागि बटुकले स्वस्तिवाचन र लामाले मंगलवाचन समेत गरेका थिए ।
को को बने मन्त्री ?
प्रधानमन्त्री बालेन शाह : रक्षा र उद्योग मन्त्रालय
स्वर्णिम वाग्ले : अर्थमन्त्री
सुधन गुरुङ : गृह मन्त्रालय
शिशिर खनाल : परराष्ट्र मन्त्रालय
सुनिल लम्साल : भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय
विराजभक्त श्रेष्ठ : ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय
खड्कराज पौडेल : पर्यटनमन्त्रालय
सस्मित पोखरेल : शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय
निशा मेहता : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विक्रम तिमिल्सिना : सञ्चार मन्त्रालय
प्रतिभा रावल : सामान्य प्रशासन
दीपक साह : श्रम मन्त्रालय
सोविता गौतम : कानुन मन्त्रालय
सीता वादी : महिला, बालबालिका मन्त्रालय



