गाेरखा । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशलगायत देशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । र बाँकी पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राति सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



