गोरखा । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा ज्यान गुमानेको सङ्ख्या ४ पुगेको छ ।
ज्यान गुमाउनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धारका २६ वर्षीय चिन्ताबहादुर सुनार, सोही ठाउँका २६ वर्षीय सुनिल विक, रुपन्देही देवदह नगरपालिका–२ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदी भएको पुष्टी भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी होमप्रकाश चौधरीका अनुसार चिदीको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारका क्रममा ज्यान गएको हो ।
जिल्लाको माथागढी गाउँपालिका–७ रहबासस्थित झडेवा–रहबास भित्री कच्ची सडकखण्डमा लु २ ख ४५२५ नम्बरको टिपर दुर्घटना भएको उनले बताए ।
खाली टिपर झडेवाबाट रहबास चुनढुङ्गा खानीतर्फ जाँदै गर्दा सडकबाट करिब ५० मिटर तल खसेको थियो । दुर्घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


