गोरखा । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधरणतया बादल तथा बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो देशको पहाडी र हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।
देशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति देशको हिमाली भू–भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


