गोरखा । इरानी नागरिकहरूलाई नेपाल आउँदा आगमन प्रवेशआज्ञा (अनअराइभल भिसा) नदिने निर्णय भएको छ । इरानी नागरिकलाई यसअघि दिँदै आएको अनअराइभल भिसा नदिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले बताए ।
गृहमन्त्री स्तरीय निर्णय अनुसार अब नेपाल आउन चाहने विदेशी नागरिकले विदेशस्थित नेपाली नियोगबाट भिसा लिएर आउनुपर्ने काफ्लेले बताए । उनले भने, ‘नेपाल प्रवेश गरेपछि दिइने आगमन प्रवेशाज्ञा मात्रै नदिने निर्णय गरिएको हो ।’
इरानमा देखिएको तनावका कारण इरानी नागरिकहरू नेपाल आउने क्रम बढेपछि गृह मन्त्रालयले सुरक्षाको कारण देखाउँदै यस्तो निर्णय गरेको बताइएको छ । कूटनीतिक र अफिसियल राहदानी बाहक इरानी नागरिकलाई भने कुनै रोकावट हुँदैन ।



