गाेरखा । हाल नेपालमा पश्चिमी वायु र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले बागमती र गण्डकी प्रदेश लगायत कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको छ बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ ।
आज दिउँसो कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागलगायत बाँकी प्रदेशको हिमाली भू-भागका केही स्थानहरूमा तथा कोशी प्रदेशको तराई लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
आज राति देशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भू-भागका केही स्थानहरूमा तथा पहाडी भू-भागका केही स्थानमा चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।



