गाेरखा । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना १ करोड नाघेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो एकीकृत विवरण अनुसार देशभर हालसम्म १ करोड १० हजार ४२० मत गणना भइसकेको छ ।
कसकाे कती मत :
१) राष्ट्रिय स्वतन्त्र पार्टी ४८ लाख १४ हजार ५ सय ४२ मत
२) नेपाली कांग्रेसले १६ लाख २० हजार ५५९ मत
३) नेकपा (एमाले) १३ लाख ४९ हजार ४५० मत
४) नेपाली कम्युनिस्ट पार्टी ७ लाख ३३ हजार ६१० मत
५) श्रम संस्कृति पार्टी ३ लाख ४१ हजार ८३ मत
६) राष्ट्रिय प्रजातन्त्र पार्टी ३ लाख १५ हजार ८२० मत
७) जनता समाजवादी पार्टी नेपाल १ लाख ६४ हजार ८९३ मत
८) राष्ट्रिय परिवर्तन पार्टी १ लाख ६१ हजार १४७ मत



