गाेरखा । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन अन्तरर्गत गाेरखा क्षेत्र नम्बर २ काे मतगणना जारी रहेकाे छ । शुक्रबार दिउसाे १ बजेबाट सुरु भएकाे मतगणना शनिबार बिहानसम्म पनि जारी रहेकाे हाे ।
शनिबार बिहानसम्म गाेरखा क्षेत्र नम्बर २ अन्तरर्गतकाे गाेरखा नगरपालिका ८, ९, १०, ११ र १२ काे मतगणना सकिएकाे निर्वाचन अधिकृत माेहन प्रसाद बेल्वासेले जानकारी दिए ।
उनका अनुसार हालसम्म खसेकाे मत मध्य ८ हजार २९ मत गणना हुदा रास्वपाका कबिन्द्र बुर्लाकाेटी अग्र स्थानमा देखिएका छन् । उनले ४ हजार ६५४ मत पाउदा उनका प्रतिस्पर्धामा नेपाल कम्युनिष्ट पार्टीका लेखनाथ न्याैपानेले १ हजार २०७ मत पाएका छन् ।
त्यस्तैगरी, नेपाली काँग्रेसका प्रकाश चन्द्र दुवाडीले १ हजार ८६ मत र एमालेका मिलन गुरुङले ४४० मत पाएकाे अधिकृत बेल्वासेले बताए ।
८ हजार २९ मत गणना गर्दा ७ हजार ६६४ मत सदर भएकाे र ३६५ मत बदर भएकाे पनि उनले जानकारी दिए ।





