×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

लन्डनमा नेपाली विद्यार्थीलाई ठक्कर दिने कार चालक र्‍यापर जस्टिन क्लार्क-स्यामुएललाई १२ वर्षको जेल सजाय

  •  गोरखा समाचार
  • बुधबार, फागुन २०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । उत्तर-पूर्वी लन्डनमा एक नेपाली विद्यार्थीलाई कारले ठक्कर दिएर फरार भएको घटनामा दोषी ठहर गर्दै ४१ वर्षीय एक चर्चित र्‍यापरलाई अदालतले १२ वर्षको जेल सजाय सुनाएको छ ।

    गेट्स नामले चिनिने बेलायतका अवार्ड विनिङ र्‍यापर जसको वास्तविक नाम जस्टिन क्लार्क-स्यामुएल हो। यी र्‍यापरले २० वर्षीय नेपाली विद्यार्थी युबिन तामाङको लापरवाहीपूर्ण सवारी चलाएर मृत्यु गराएको स्वीकार गरेपछि ओल्ड बेली अदालतले यो फैसला सुनाएको हो।

    १८ अक्टोबर २०२५ को साँझ इल्फोर्डको रेडब्रिज लेन इस्टमा क्लार्क-स्यामुएलको कारले ठक्कर दिँदा विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी तामाङ गम्भीर घाइते भएका थिए। उनको दुई दिनपछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

    अदालतमा पेश गरिएको विवरण अनुसार, ३० माइल प्रतिघण्टाको गति सीमा भएको क्षेत्रमा क्लार्क-स्यामुएलले आफ्नो बीएमडब्लूकार ६० माइल प्रतिघण्टाभन्दा बढीको गतिमा चलाएका थिए। बाटो काट्दै गरेका तामाङलाई ठक्कर दिएपछि उनी घटनास्थलमा नरोकी फरार भएका थिए।

    प्रहरीले घट्नाको भोलिपल्ट बिहानै वुडफोर्डस्थित उनको घरमा खोजतलास गरेको थियो । उनकै नाममा दर्ता र बीमा गरिएको कालो बीएमडब्लु गाडी प्रहरीले ‘गम्भीर रूपमा क्षतिग्रस्त’ अवस्थामा फेला पारेको थियो ।उक्त घटनामा दोषी ठहर गर्दैन्यायाधीश मार्क लुक्राफ्ट केसीले क्लार्क-स्यामुएललाई १७ वर्षसम्म सवारी चालक अनुमतिपत्र लिन नपाउने गरी प्रतिबन्ध समेत लगाएका छन्। सीसीटीभी फुटेजमा देखिएको भिडियोमा न्यायाधीशले दुर्घटनाअघिका दृश्यहरू ‘अत्यन्तै भयावह र स्तब्ध पार्ने’ खालको रहेको बताए।

    सरकारी वकिल फिलिप म्याग्घीका अनुसार, दुर्घटनाको साँझ क्लार्क-स्यामुएलले मादक पदार्थ सेवन गरेका थिए। उनको शरीरमा कानूनी सीमाभन्दा डेढ गुणा बढी अल्कोहल पाइएको थियो।

    अदालतलाई बताइए अनुसार, क्लार्क-स्यामुएलले घरतर्फ जाँदै गर्दा बाटोमा छ वटा रातो ट्राफिक लाइटहरू मिचेका थिए। उनले पटक-पटक गलत दिशाबाट गाडी चलाउने, फुटपाथमा चढाउने र एक मोटरसाइकल तथा मर्सिडीज कारलाई समेत ठक्कर दिएका थिए। बाटो काट्दै गरेका तामाङलाई ठक्कर दिँदा उनी हावामा उछिट्टिएर सडकमा बजारिन पुगेका थिए, जसका कारण उनलाई अत्यन्तै चोट लागेको थियो।

    धरान ११ निवासी बाबा विकास तामाङ र आमा शर्मिला मगर तामाङका एक्ला छोरा युबिन उच्च शिक्षाका लागि गत २०२४ सेप्टेम्बरमा बेलायत आएका थिए । उनी युनिभर्सिटी अफ रोह्याम्पटनमा बीएस्सी विजनेश म्यानेजमेन्टमा दोस्रो वर्षमा अध्ययनरत थिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    बुधबार, फागुन २०, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.