गाेरखा । हिजाे रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या २ पुगेको छ । ज्यान गमाउनेमा नेपाल प्रहरीका सहायक निरीक्षक पर्शुराम यादव र ५७ वर्षीय डोर प्रसाद घिमिरे छन् ।
सोमबार रामेछापमा नगरपालिका–२ स्थित सिरुवारीमा ना.७ ख ६७६८ नम्बरको निशान गाडी दुर्घटना हुदा ९ जना घाइते भएका थिए । दुर्घटनामा घाइते भएका ७ जनालाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सो गाडी मतपत्र बोकेर मतदान स्थल सितलदेवी मावि सिरुवारी र रामेछाप नगरपालिका–३ स्थित वडा कार्यालय भवन जाँदै थियो ।
सडकमा मोड नपुगेर गाडी दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष निकालेकाे छ ।



