गाेरखा । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
देशका बाँकी हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहने अनुमान महाशाखाले गरेकाे छ । कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भाग सहित बाँकी हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका हिमाली भू-भागका केही स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका समेत केही स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागसहित बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ ।
कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



