×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पाकिस्तानद्धारा अफगानिस्तान माथी आक्रमण, अफगानिस्तानले पनि उचित समयमा जवाफ दिने चेतावनी

  •  गोरखा समाचार
  • सोमबार, फागुन ११, २०८२ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    एजेन्सी । पाकिस्तानले अफगानिस्तानसँगको सीमावर्ती क्षेत्रमा ‘सात आतंकवादी अड्डा र शिविर’माथि हवाई आक्रमण गरेपछि २ देश बीचको सम्बन्ध तनावपूर्ण बनेको छ ।

    अफगानिस्तानका पूर्वी प्रान्त नान्घार र दक्षिणपूर्वी प्रान्त पक्तिकामा भएका हमलामा दर्जनौं नागरिक मारिएका छन् । नान्घारमा १ घरमाथि भएको आक्रमणमा २० जनाको ज्यान गएको छ । पक्तिका प्रान्तमा १ मदरसामाथि लक्षित गरी आक्रमण भएको जनाइएको छ ।

    पाकिस्तानी सूचना तथा प्रसारण मन्त्रालयले भने गोप्य सूचनाका आधारमा सीमा क्षेत्रमा ‘आतंकवादी बसेको स्थान’लाई लक्षित गर्दै कारबाही गरिएको दाबी गरेको छ ।

    पाकिस्तानले तेहरिक-आई-तालिबान पाकिस्तान (टीटीपी) तथा उसका सहयोगी समूह र इस्लामिक स्टेट खोरसान प्रोभिन्स (आईएसकेपी) सँग सम्बद्ध समूह रहेको स्थानमा आक्रमण गरेको जनाएको हो । पाकिस्तानका अनुसार हालै आफ्नो देशमा भएका आत्मघाती आक्रमणहरूमा ती समूहको संलग्नता देखिएपछि जवाफस्वरूप यो कारबाही गरिएको हो ।

    यस्ता ‘आतंकवादी’समूहविरुद्ध कडा कदम चाल्न पटक–पटक आग्रह गर्दा पनि अफगान तालिबान सरकारले प्रभावकारी कारबाही नगरेको आरोप पाकिस्तानले लगाएको छ ।

    यता अफगानिस्तानको सत्तारुढ तालिबान सरकारले भने पाकिस्तानी हमलामा महिला र बालबालिकासहित सर्वसाधारण नागरिकको ज्यान गएको भन्दै उचित समयमा जवाफ दिने चेतावनी दिएको छ ।

    तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले अफगान सीमाको उल्लंघन गरेको आरोप लगाउँदै यसलाई निर्दोष नागरिकमाथिको बमबारी भन्दै निन्दा गरेका छन् ।

    रक्षा मन्त्रालयका प्रवक्ता अन्यातुल्लाह ख्वारिज्मीले पनि विज्ञप्ति जारी गर्दै यस कारबाहीलाई अफगानिस्तानको राष्ट्रिय सार्वभौमिकता माथिको गम्भीर आक्रमण भनेका छन् । र, उनले ‘उचित समयमा योजनाबद्ध जवाफ’ दिइने चेतावनी दिएका छन् ।

    यसैबीच पाकिस्तानी कारबाहीपछि तालिबान सरकारले काबुलस्थित पाकिस्तानी राजदूतलाई बोलाएर औपचारिक विरोधपत्र बुझाएको जनाएको छ ।

    विदेश मन्त्रालयले अफगान भूमिको रक्षा गर्नु आफ्नो दायित्व भएको उल्लेख गर्दै यस्ता आक्रमणको नकारात्मक परिणामको जिम्मेवारी पाकिस्तानले लिनुपर्ने चेतावनी दिएको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    सोमबार, फागुन ११, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.