गाेरखा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले बागमती र गण्डकी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु तथा कुहिरो रहने पनि महाशाखाले अनुमान गरेका छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ ।
मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका बाँकी भू-भाग तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने अनुमान गरिएकाे छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्नेछ तथा बाँकी प्रदेशमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।




















