गोरखा । नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ ।
काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा कार्यक्रम गरी एमालेले बिहीबार आगामी फागुन २१ गते हुने चुनावका लागि घोषणा पत्र सार्वजनिक गरेको हो ।
एमाले अध्यक्ष केपी ओलीले घोषणा पत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्र ८० पृष्ठको छ । घोषणा पत्रमा एमालेले समृद्धिको २५ स्तम्भ तोकेर त्यसमा गर्ने कामहरू घोषणा गरेको छ ।
एमालेले आफ्नो सरकार बनेको अवस्थामा मन्त्रिपरिषदको पहिलो बैठकबाट समयसिमा तोकेर गर्ने ११ कामहरू पनि सार्वजनिक गरेको छ ।


