गोरखा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल पक्राउ परेका छन् ।
निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा कट्टेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरेको हो ।
अहिलेसम्म उक्त पार्टी ४ जना पक्राउ परिसकेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरिक्षक (एसपी) रामेश्वर कार्कीले जानकारी दिए ।
यसअघि मंगलबारमात्रै उक्त पार्टीका धर्मेन्द्र बास्तोला, विष्णुप्रसाद तिमल्सिना र एसपी साह पक्राउ परेका थिए ।
कट्टेल गोरखा नगरपालिका–८ कट्टेलडाँडा निवासी हुन् ।


