गाेरखा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लागेको छ, भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो तराई भू-भागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहने अनुमान समेत महाशाखाले गरेकाे छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागमा साधरणतया बादल लाग्ने भने बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी, हिमाली तथा पहाडी भू-भाग र बाँकी प्रदेशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति तराई भू-भागका थोरै स्थानहरूमा तुवाँलो रहने अनुमान गरिएकाे छ । कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।



