गोरखा । नेपाली कम्युनिष्ट पार्टी गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार हरीराज अधिकारीले आसन्न निर्वाचनकोलागि प्रतिबद्वता पत्र सार्वजनिक गरेका छन् ।
अधिकारीले आज बिहान गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गरेर निर्वाचन क्षेत्र भित्रका मतदाताहरुलाई संबोधन गर्दै प्रतिबद्वता पत्र सार्वजनिक गरेका हुन् ।
उनको प्रतिबद्वता पत्रका गोरखा र धादिङको सिमानामा बन्ने भनिएको मत्वकांक्षी बुढीगण्डकी बहुउद्वेश्यीयजन बिद्युत आयोजना निर्माण गर्न सशक्त पहल गर्ने, डुवानबासीको समस्या हल गर्नेदेखी पुर्नबासको ब्यवस्थापन गर्नेसम्मका कुरा प्रतिबद्वता पत्रमा लेखिएका छन् ।
उनले सार्वजनिक गरेको पत्रमा बेनीघाट–सिउरेनीटार–आरुघाट–माछीखोला लार्के (रुइला नाका) सडक सम्पन्न गर्ने, सिउरेनीटारदेखी–बुट्टार–करनटार–रामशाहघाटसम्म पृथ्वीराजमार्गको बैकल्पिक राजमार्गको निर्माण गर्नेसम्मका कुरा समेटिएका छन् ।
यता गोरखा बजारलाई ब्यवस्थित गर्न बृहत गुरुयोजना निर्माण गरी कार्यान्वयन गर्ने र गोरखा जिल्लालाई पर्यटक हवको रुपमा विकास गर्ने कुरा पनि प्रतिबद्वता पत्रमा समेटेका छन् ।
३३ बुदामा सार्वजनिक गरिएको पत्र प्रमुख रणनीतिक योजनाहरु र अन्य राजनीतिक तथा विकास निर्माणका कार्य योजना भनेर समेटीएको छ ।
सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरुको प्रश्नको उत्तर दिदै अधिकारीले आफुले जितेपनी हारेपनी प्रतिबद्वता पत्रका समेटिएका बिषयहरु उठान गरी रहने पनि बताए ।


