गाेरखा । पोखरा महानगरपालिका–६ पामेस्थित गैह्राकोचौतरा नजिक फेवातालमा खसेको कार बाहिर निकालिएको छ । दुर्घटनामा पाेखरा मासटारका अदित गुरुङकाे ज्यान गएकाे कास्त्की प्रहरीले पुष्टी गरेकाे हाे ।
बिएए १५८२ नम्बरको कार शनिबार राती अनियन्त्रित भएर फेला तालमा खसेको थियो ।
सो दुर्घटनमा स्याङ्जा जिल्लाको फेदीखोला गाउँपालिका–५ स्थायी घर भई हाल पोखरा महानगरपालिका–७ मासबार बस्ने २४ वर्षिय अदित गुरुङलाई सशस्त्र प्रहरी नेपालको गोताखोर टोलीले अचेत अवस्थामा उद्धार गरेको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उद्धार पश्चात उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाईएकोमा शनिबार राती नै उनलाई डाक्टरले मृत्यु घोषणा गरेको थियो ।
दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली उद्धार कार्यमा खटिएको र तालमा खसेको कार क्रेनको सहयाताले बाहिर निकालिएको सह प्रबक्ता थापाले जानकारी दिए ।
तस्बिर : सशस्त्र प्रहरी बल नेपाल



