गाेरखा । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो तराईका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहने अनुमान गरिएकाे छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ ।
तराई भू-भागमा मुख्यतया सफा रहने पनि महाशाखाले जनाएकाे छ ।
कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
आज राति तराईका थोरै स्थानहरूमा तुवाँलो रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमालीमा आंशिक बादल लाग्नेछ र बाँकीमा मुख्यतया सफा रहने छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको केही स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।




















