एजेन्सी । बङ्गलादेशमा हिजाे सम्पन्न संसदीय निर्वाचनबाट बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) ले ऐतिहासिक जित हात पारेकाे छ । पार्टीले २९९ सिटमध्ये २०९ सिट जितेको बीबीसी बंगलाले जनाएको छ ।
निर्वाचनमा बीएनपीको नेतृत्व तारिक रहमानले गरेका थिए । जो १७ वर्षको लामो निर्वासनपछि सक्रिय राजनीतिमा फर्किएका उनलाई अब नयाँ प्रधानमन्त्रीका रूपमा हेरिएको छ ।
शेख हसिनाको पार्टी अवामी लिग निर्वाचनमा सहभागी नभएका कारण बीएनपीलाई यसको प्रत्यक्ष फाइदा पुगेको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।



