गाेरखा । विश्वकै प्रदुषित सहर बंगलादेशकाे राजधानी ढाका परेकाे छ । यता हावाको गुणस्तर निकै खराब अवस्थामा रहेको काठमाडौँ बिहीबार बिहान विश्वकै चौथो स्थानमा पुगेको हो ।
आईक्यू एयरको तथ्याङ्क अनुसार काठमाडौँ बिहान १० बजेसम्म नेपालको वायुको गुणस्तर अस्वस्थ रहेको छ । हाल यहाँ हावाको एक्यूआई १८८ रहेको छ ।
यहाँको हावामा पीएम २.५ को अवस्था विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २१.७ गुणा बढी रहेको छ ।
दोस्रो स्थानमा पाकिस्तानको लाहोर र तेस्रो स्थानमा अफगानिस्तानको काबुल सहर छ । भारतको राजधानी नयाँ दिल्ली काठमाडौँपछि पाँचौँ स्थानमा रहेको छ ।



