गाेरखा । आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली स्थानहरुमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।
तराईका केही ठाउँमा तुँवालो र पहाडी तथा हिमाली भेगमा आंशिक बादल लागेको छ ।
पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ । तराईमा हुस्सु र तुँवालोका कारण सडक र हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।
पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका केही भू–भागमा मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



